एनईएको निर्वाचनः बिष्टको नेतृत्वमा प्रगतिशील गठबन्धन सुदूरपश्चिम कार्यकारिणी समितिमा भिड्दै

२ भाद्र २०८१, आईतवार १५:२२

काठमाडौँ । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एशोसिएशन (एनईए) का लागि प्रगतिशील गठबन्धनका तर्फबाट सुदूरपश्चिम प्रदेश तेस्रो कार्यकारिणी समितिमा ई. कौशिल विष्टको नेतृत्वमा उम्मेदवार टुंगो लागेको छ ।

भदौ २८ गते ३४औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ । त्यसका लागि प्रगतिशील गठबन्धनले सुदूरपश्चिम प्रदेशको तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि डोटी निवासी (हाल धनगढी) इन्जिनियर विष्टलाई सभापतिको उम्मेदवारको रूपमा अघि सारेको छ ।

विष्ट नेतृत्वको प्यानलमा दिपक उपाध्याय उपसभापति, नारद प्र. जोशी सचिव, बिवेक खड्का सह सचिव र स्मारिका बम कोषाध्यक्षको उम्मेदवार छन् । यसैगरी प्रदेश केन्द्रीय सदस्य लोकेन्द्र जोशी र अन्य १० सदस्यहरूको उम्मेदवारी रहेको छ ।

बिष्टले Diploma in Civil Engineering Seti Technical School Doti, BE in Civil Cosmos College Lalitpur र M.Sc. in Construction Management Nepal Engineering College भक्तपुरबाट गरेका हुन् । बिगत १० बर्षदेखि इन्जिनियरिङ्ग पेशामा आबद्ध विष्ट ׀ RAP-3, भवन बिभाग, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालमा कार्य गर्दै बिगत २ बर्षदेखि सुदूरपश्चिमको गौरवको आयोजना गेटम मेडिकल कलेजमा कन्सल्ट्यान्टको रूपमा कार्यरत छन् ।

आफ्नो चुनावी एजेण्डामा कुरा गर्दै ई. बिष्टले नेपाल इन्जिनियर्स एशोसिएशन नितान्त इन्जिनियरिङ्ग क्षेत्र तिरका समस्याहरूलाई उजागर गर्ने बताए । उनले भने, ‘मेरो उम्मेदवारी इन्जिनियरिङ्ग क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि हो । इन्जिनियरिङ्गका हकहितको आवाज उठाउन कुनै कसर बाँकी राख्ने छैन ।’

देश विकासमा इन्जिनियरहरूको महत्वपूर्ण भूमिका हुने भएकाले राज्यले उचित सम्बोधन गर्नुपर्ने बिष्टले बताए । उनले इन्जिनियरिङ्ग क्षेत्रले पनि लाखौं रोजगारीलाई ब्यवस्थित गर्न राज्यले भूमिका खेल्नुपर्ने तर्क राखे। ‘दैनिक इन्जिनियरहरू दबाबमा पर्ने, वर्तमान अवस्थामा इन्जिनियरहरूले कार्य क्षेत्रमा भोग्नु परेका समस्याहरुलाई मध्यनजर गर्दै सो कार्यका लागि योजनाबद्ध तवरले कार्य गर्छु’ विष्टले भने ।

उक्त निर्वाचनमा प्रगतिशील गठबन्धनबाट केन्द्रीय कार्यकारिणी समितिमा इन्जिनियर बिश्नु प्रसाद पाण्डेको नेतृत्वले उम्मेदवारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*