रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी
२ भाद्र २०८१, आईतवार १३:२१
काठमाडौँ । अर्थ मन्त्रालय अन्तर्गतका महत्त्वपूर्ण विभागका महानिर्देशकहरू फेरिएका छन् । अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभागको महानिर्देशकमा रामप्रसाद आर्चायलाई पठाएको हो ।
यसैगरी रमेश अर्याललाई ठुला करदाता कार्यालयको प्रमुख कर प्रशासकमा पठाइएको छ भने पार्वती शर्माले मध्यम स्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी पाएकी छिन् ।
मन्त्रिपरिषद्को निर्णय अनुसार सरुवा भइ अर्थ मन्त्रालय आएका सहसचिवहरूलाई आइतबार मन्त्रालयले जिम्मेवारी दिएको हो ।