राष्ट्रिय बीमा कम्पनीले ३०० प्रतिशत हकप्रद जारी गर्न लागेकै हो ? बजारमा कसले उचाल्दैछ ?

२ भाद्र २०८१, आईतवार १२:५३

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले ३०० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको र अब छिट्टै प्रक्रिया शुरू हुने भन्दै चलाइएको गलत हल्लाको शिकार लगानीकर्ताहरु भइरहेको पाइएको छ ।

गत बिहिवार र आज आइतबार पोजेटिभ सर्किट लागेर २० हजार ४९९ रुपैयाँमा राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार भइरहेको छ । नियामकीय व्यवस्था अनुसार दुई अर्ब ५० करोड चुक्ता पूँजी पुर्याउनका लागि राष्ट्रिय बीमा कम्पनीले तीन सय प्रतिशत हकप्रद जारी गर्ने भन्ने झूठा प्रचार बजारमा फैलाइएको पाइएको छ । बीमापोष्टलाई प्राप्त सूचनामा बजारमा चलखेल गर्ने तत्वहरुले उक्त सूचना राष्ट्रिय बीमा कम्पनीभित्र र बीमा प्राधिकरणबाट ल्याएको भन्दै बजारमा चलखेल गरिरहेका छन् ।

यथार्थ के हो ?
राष्ट्रिय बीमा कम्पनीको अझै पाँच वर्षको वित्तीय विवरण पारित हुन बाँकी छ । पछिल्लो तथ्याङ्क अनुसार आव २०७४।०७५ सम्मको वित्तीय विवरण मात्रै पारित भएको छ । बाँकी वित्तीय विवरण कहिले पारित हुन्छ भन्ने अझै यकिन छैन । सबै वित्तीय विवरण पारित र अन्य सबै अवस्था चुस्तदुरुस्त नभएसम्म हकप्रद शेयर जारी गर्न अनुमति पाउने सम्भावना न्यून रहेको बीमा प्राधिकरणका उच्च स्रोतले बीमापोष्टलाई जानकारी दिएको छ ।

चरम राजनीतिक हस्तक्षेप र भ्रष्टाचारको दलदलमा फसेको राष्ट्रिय बीमा कम्पनीमा विवादित व्यक्तिले सिईओमा वैधानिक नियुक्ती लिएर कम्पनी चलाइरहेका छन् । सो कम्पनीका डेपुटी सिईओका विरुद्धमा अख्तियारले गम्भीर छानबीन गरिरहेको छ ।

One thought on “राष्ट्रिय बीमा कम्पनीले ३०० प्रतिशत हकप्रद जारी गर्न लागेकै हो ? बजारमा कसले उचाल्दैछ ?

  1. रास्ट्रिय बिमा कम्पनी लिमिटेड says:

    यो नीतान्त गलत न्युज हो रास्ट्रिय बीमा कम्पनीमा कुनै भ्रस्टाचार भयको र अख्तियारले छानबिन गरेको छैन। हामी छिट्टै बार्षीक साधारणसभा गर्दै छौ । रा.बि.क

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*