कुमारी बैंकको ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

९ भाद्र २०७८, बुधबार ११:०४

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

बैंकका संस्थापक शेयरधनी रोशनी बज्राचार्यले आफ्नो नाममा रहेको शेयर बिक्रीका लाई आवेदन दिए बमोजिम उक्त संस्थापक शेयर बिक्री लागिएको हो ।

उक्त संस्थापक शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं नक्साल तथा बैंकको प्रदान कार्यालय काठमाडौ टंगालमा आवेदन दिन सकिने छ ।

साथै तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*