गणपति लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
२ भाद्र २०८१, आईतवार ११:०२
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले अनुगमन अधिकृतमा एक जना कर्मचारी माग गरेको छ । कम्पनीले भदौ १ गते एक सूचना प्रकाशित गर्दै उक्त पदमा कर्मचारी माग गरेको हो ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तिर्ण गरेका लघुवित्त वित्तीय सस्थामा ३ वर्ष कार्य गरेको वा प्रविणता तह उत्तिर्ण गरी लघुवित्त वित्तीय संस्थामा कम्तीमा ५ वर्ष कार्य गरेका नागरिकले सो पदमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
इच्छुक नागरिकहरुले सूचना प्रकाशित मितिले १५ दिन भित्र आवश्यक कागजात पेश गरी संस्थाको आधिकारीक इमेल मार्फत आवेदन दिन सक्नेछन् ।