अप्पर हेवाखोला हाइड्रोपावरकी अध्यक्ष पवित्रा कार्की र सञ्चालक डेडराज खड्काको राजिनामा स्वीकृत
२ भाद्र २०८१, आईतवार १०:४६
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडकी अध्यक्ष र सञ्चालकहरुको राजिनामा स्वीकृत भएको छ ।
कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पवित्रा कार्की रायमाझी र डेडराज खड्काले दिएको राजिनामा स्वीकृत भएको छ ।
सञ्चालक समितिको साउा ३२ गते बसेको बैठकको निर्णयले दुबै जनाको राजिनामा स्वीकृत गर्नुका साथै रिक्त रहेको उक्त पदमा शेयरधनी चिफ बहादुर थापा र निसा केसीलाई चयन गरिएको छ ।