सेन्चुरी फुडले एक वर्षमा गर्‍यो २ अर्ब २२ करोडको व्यापार, थकाली ब्राण्डको चामल लोकप्रिय

३२ श्रावण २०८१, शुक्रबार १७:१२

काठमाडौँ । सेन्चुरी फूड प्याकेजिङ्ग एन्ड प्रोसेसिङ उद्योग प्राइभेट लिमिटेडले एक वर्षमा २ अर्ब माथिको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा २ अर्ब २२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले गरेको व्यापार सन् २०२२ को तुलनामा २६.६३ प्रतिशतले बढी हो । उद्योगले सन् २०२२ मा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ६१ करोड ४० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब २५ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा उद्योगले ८७ करोड ३० लाख रुपैयाँको कारोबार गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

सन् २००१ मा स्थापना भएको सेन्चुरीले लामोजिरा बासमती र खुदी चामलको प्याकेजिङ तथा बिक्री वितरण गर्दै आएको छ । उद्योगले थकाली, मुवारक, सन्चो कोहिनुरु, सुवास र झमझम ब्रान्डको चामल पनि उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

उद्योगले ७७ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । उत्पादित खाद्यान्न देशका विभिन्न ७०० वटा खुद्रा बिक्रेतामार्फत उपभोक्तामा पुर्याइरहेको छ । कम्पनीका थकाली, मुबारक, साँचो, कोहिनूर, सुवास शाही र झाम झाम जस्ता प्रमुख ब्रान्डहरू रहेका छन् । विराटनगरमा प्याकेजिङ केन्द्र रहेको कम्पनीमा राजेन्द्रप्रसाद अग्रवालको लगानी छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*