यस्ता छन् मन्त्रिपरिषद्ले गरेका निर्णय, भलिबल खेलाडीलाई जनही ३ लाख दिने

३२ श्रावण २०८१, शुक्रबार १६:५२

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद्को  बैठकले गरेका १४ निर्णयहरू सार्वजनिक गरेको छ । बिहीबार बसेको बैठकले विश्व बैंक समूहको अन्तराष्ट्रिय विश्वका संस्थाबाट १५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋृण रकम स्वीकार गर्ने सम्बन्धि सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार २०८१ असोज ९ देखि १० सम्म उज्वेकिस्तानको समरखण्डमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको नवौं वार्षिक बैठकमा उपप्रधान एवंम् अर्थमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्कीकृति दिने पनि बैठकले निर्णय गरेको छ ।

यसकासाथै, सरकारले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बनेका राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने भएको छ । उक्त बैठकले टोलीका १४ जना खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षकलाई दुई लाख तथा सहायक प्रशिक्षक, ब्यवस्थापक र फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठकका निर्णयहरू यस्ता छन् :

Mantri Parisad Nirnaya

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*