सोलुखुम्बुको थामे गाउँमा एकाएक भिषण बाढी, हिमताल फुटेको आशंका

३२ श्रावण २०८१, शुक्रबार १५:१६

काठमाडौँ । सोलुखुम्बु जिल्लाको थामे गाउँमा भिषण बाढी पसेको छ । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको हो ।

एकाएक बाढी आउँदा खुम्बु गाउँपालिकाको तल्लो भेगमा रहेको थामे गाउँ प्रभावित बन्न पुगेको हो । प्रारम्भिक विवरण अनुसार धनमालको क्षति भएपनि हालसम्म मानवीय क्षतिको जानकारी भने आएको छैन ।

थामेमा रहेका एउटा विद्यालयको होस्टेलमा फसेका विद्यार्थीहरूको उद्धार गरिएको छ । यस्तै स्थानीयलाई पनि उद्धार गर्ने काम धमाधम भइरहेको प्रहरीले जानकारी दिएको छ । एकाएक बाढी आएपछि हिमताल फुटेको आशंका गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*