वित्तीय विवरण सार्वजनिक भएका ५१ लघुवित्तको मुनाफा आठ अर्ब, कुनले कति कमाए ? ( तथ्यांकसहित)

मुनाफामा छिमेक र वृद्धिदरमा आशा लघुवित्त अग्रस्थानमा
३२ श्रावण २०८१, शुक्रबार १३:२१

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका ५१ वटा लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीहरुको खुद नाफामा सुधार आएको छ ।

समीक्षा अवधिमा लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्ममा आठ अर्ब आठ करोड ९४ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीहरुको मुनाफा ५० प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्त कम्पनीहरुको खराव कर्जामा समेत न्यूनिकरण भएका कारण पनि लघुवित्तहरुले मुनाफालाई बृद्धि गर्न सफल भएका हुन् । यस अवधिमा अधिकांश लघुवित्त कम्पनीहरुको प्रतिशेयर आम्दानीमा पनि सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकको सहजिकरण र कम्पनी सञ्चालक समिति तथा कर्मचारीको निरन्तर परिश्रमका कारण लघुवित्त संस्थाहरुको मुनाफा बृद्धि भएको छ । कम्पनीहरुले आफ्ना बचतकर्ता तथा कर्जा अशुललाई विशेष प्राथमिकता राख्नै व्यवसया सञ्चालन गरिरहेका छन् ।

 

समीक्षा अवधिमा वित्तीय विवरण सार्बजनिक गरेका ५१ कम्पनीहरुमध्ये छिमेक लघुवित्तको खुद नाफा सर्वाधिक रहेको छ । कम्पनीेले यस अवधिमा एक अर्ब नौ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २३ प्रतिशतले बढी हो ।

त्यस्तै, साना किसान लघुवित्तको खुद नाफा २३ प्रतिशतले बढेर ९४ करोड ९६ लाख रुपैयाँसहित दोस्रो स्थानमा रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७७ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको प्रकाशित विवरणमा उल्लेख गरिएको छ ।

समीक्षा अवधिमा जीवन विकास लघुवित्त र डिप्रोक्स लघुवित्तले ५८ करोड रुपैयाँ, स्वावलम्बन लघुवित्तले ५३ करोड ८२ लाख रुपैयाँ,  नेरुडे मिर्मिरे लघुवित्तले ४४ करोड ७० लाख रुपैयाँ, नेशनल लघुवित्तले ३४ करोड नौ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

यस अवधिमा ११ वटा लघुवित्त कम्पनीहरुको खुद नाफा आर्जन घटेको छ । साथै, अधिकांश कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको ऋणात्मक मुनाफालाई यस आवमा धनात्मकमा समेत रुपान्तरण गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*