घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुनले कति दिँदै ?

३२ श्रावण २०८१, शुक्रबार १०:४०

काठमाडौँ । वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । भदौ १ गतेदेखि लागू हुने गरी मुद्दति निक्षेपको ब्याजदर घटेको हो ।

औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर ६.५३ प्रतिशत कायम भएको छ । साउनमा औसत ब्याजदर ६.७४ प्रतिशत छ । औसतको ब्याजदर भदौका लागि ०.२१ विन्दुले घटेको हो ।

१३ बैंकको ब्याजदर घटेको छ भने ६ बैंकहरुले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन् भने १ बैंकले ब्याजदर बढाएको छ । प्राइम बैंकको ब्याजदर साउनको तुलनामा बढेको हो । यता, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, कुमारी,माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन् ।

भदौ महिनामा एनएमबि बैंक र एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने छन्। व्यक्तिगत मुद्दति निक्षेपमा ती कम्पनीहरुले अधिकतममा ७.४१ प्रतिशत ब्याज दिने छन्। सबैभन्दा कम ब्याज दिने बैंकमा नेपाल बैंक छ। यस्तो निक्षेपमा उक्त कम्पनीको अधिकतम ब्याजदर ५.२५ प्रतिशत छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*