हिमालयन बैंकले घटायो निक्षेपको ब्याजदर

३२ श्रावण २०८१, शुक्रबार ०८:३५

काठमाडौं । हिमालयन बैंक लिमिटेडले भदौ १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाएको छ ।

बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ७% र संस्थागतमा अधिकतम ६% ब्याजदर निर्धारण गरेको छ । रेमिटेन्समा भने बैंकले १% बढी ब्याज दिनेछ । साउन महिनाका लागि बैंकले व्यक्तिगतमा अधिकतम ७.५००% र संस्थागतमा ६.५००% ब्याजदर तोकेको थियो ।

साधारण बचत खातामा बैंकले न्यूनतम ३.२५०% देखि अधिकतम ५.२५०% सम्म ब्याजदर कायम गरेको छ । साउनमा पनि बैंकले यही ब्याजदर कायम गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*