ग्लोबल आइएमई बैंकको बचत खाताको ब्याजदर घट्यो, निक्षेप भने स्थिर
३२ श्रावण २०८१, शुक्रबार ०८:१६
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ देखि ६ महिनाका लागि ४%, ६ महिनादेखि १ वर्षका लागि ५%, १ देखि २ वर्षका लागि ५.५०% र २ वर्षदेखि माथिका लागि ६.२५% ब्याजदर कायम गरेको छ ।
संस्थागतमा ६ महिनादेखि १ वर्षका लागि ४%, १ देखि २ वर्ष अवधिका लागि ४.५०% र २ वषदेखि माथिको अवधिका लागि ५.२५% ब्याजदर कायम गरेको छ । अघिल्लो महिनामा पनि निक्षेपतर्फ यही ब्याजदर लागू थियो ।
यता बचत खाताको ब्याजदर भने बैंकले न्यूनतम ३% देखि ३.५०% अधिकतम र रेमिट सेभिङमा ४.५०% ब्याजदर निर्धारण गरेको छ । साउनमा न्यूनतम ३.०५% देखि ३.५५% अधिकतम र रेमिट सेभिङमा ४.५५% ब्याजदर ताकेको थियो ।