प्रभु बैंकले घटायो निक्षेपको ब्याजदर

३२ श्रावण २०८१, शुक्रबार ०८:००

काठमाडौं । प्रभु बैंक लिमिटेडले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ देखि १२ महिना अवधिका लागि ३.१००% १२ महिनादेखि ५ वर्ष अवधिका लागि ४.१००% र ५ वर्षदेखि माथिका लागि ५.१०० प्रतिशत ब्याजदर कायम गरेको छ । संस्थागतमा ६ देखि १२ महिनाका लागि ३.१००%, १२ महिनादेखि ५ वर्षका लागि ४.१००% र ५ वर्षदेखि माथिका लागि ५.१००% ब्याजदर कायम गरेको छ ।

प्रभु उन्नती मुद्दती रेमिटेन्समा सबै अवधिका लागि ७.१००%, प्रभु रिक्युरिङ फिक्स्ड डिपोजिटमा ६ देखि १२ महिनाका लागि ५.१००%, १२ महिनादेखि ५ वर्षका लागि ५.६००% र ५ वर्षदेखि माथिका लागि ६.१००% ब्याजदर निर्धारण गरेको छ । ५ वर्षे स्वर्णीम मुद्दती (व्यक्तिगत) मा ६.१००% ब्याजदर कायम गरेको छ ।

साउनमा बैंकले संस्थागतमा ६%, व्यक्तिगतमा ७%, प्रभु उन्नती रेमिटेन्समा ८%, स्वर्णीम मुद्दतीमा ७% र प्रभु रिक्युरिङ फिक्स्ड डिपोजिटमा ७% अधिकतम ब्याजरद तोकेको थियो ।

बचत खातामा भने बैंकले न्यूनतम ३% देखि अधिकतम ६% सम्म ब्याजदर तोकेको छ । अघिल्लो महिनामा पनि यही ब्याजदर थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*