नेपाल बैंकले घटायो ब्याजदर, कुन खातामा कति?
काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर घटाएको छ ।
बैंकले भदौमा मुद्दती निक्षेपतर्फ व्यक्तिगत २ वर्ष अवधिसम्मका लागि ४.५५%, २ वर्ष माथिको अवधिका लागि ५.२५% ब्याजदर निर्धारण गरेको छ । यता संस्थागतमा २ वर्ष अवधिसम्मका लागि ३.०५% र २ वर्षभन्दा माथिको अवधिका लागि ४% र रेमिटेन्स फिक्स्ड डिपोजिटमा ६.२५% ब्याजदर तोकेको छ ।
बैंकले साउनका लागि मुद्दती निक्षेपमा व्यक्तिगतमा अधिकतम ६.२५% र संस्थागतमा ४.२५% र रेमिटेन्समा ७.७५% ब्याजदर ताकेको थियो ।
बैंकले साधारण बचत खातामा पनि ब्याजदर सामान्य घटाएको छ । भदौमा साधारण बचत खातामा न्यूनतम ३.०१% देखि अधिकतम ५.०१% सम्म ब्याजदर कायम गरेको छ । अघिल्लो महिनामा न्यूनतम ३.२०% देखि अधिकतम ५.२०% सम्म ब्याजदर तोकेको थियो ।
बैंकको आधारदर पनि ७.८८ प्रतिशतबाट घटेर ७.७८ प्रतिशतमा झरेको छ । बैंकको स्प्रेडदर ३.९५ प्रतिशत छ ।