एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति?

३२ श्रावण २०८१, शुक्रबार ०६:४८

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।

बैंकले निक्षेपमा भदौका लागि व्यक्तिगततर्फ ७.४१% र संस्थागततर्फ ६.४१% अधिकतम ब्याजदर तोकेको छ । साउनमा बैंकले व्यक्तिगततर्फ ७.५३% र संस्थागततर्फ ६.५३% अधिकतम ब्याजदर तोकेको थियो ।

बैंकले व्यक्तिगत निक्षेपमा ३ महिने अवधिका लागि ५.२५%, ३ देखि माथि र १२ महिनादेखि तलको अवधिका लागि ५.५०%, १ वर्ष अवधिको लागि ६%, १ वर्षदेखि माथि २ वर्षभन्दा कम अवधिका लागि ६.२५%, २ वर्षदेखि माथि ५ वर्षभन्दा कम अवधिका लागि ६.५०% र ५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ७.४१ प्रतिशत ब्याजदर कायम गरेको छ ।

संस्थागतमा ६ महिनादेखि माथि १२ महिनाभन्दा कम अवधिका लागि ३%, १ वर्ष अवधिका लागि ३.५०%, १ वर्षदेखि माथि ५ वर्षभन्दा कम अवधिका लागि ३.५०% र ५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ६.४१% ब्याजदर कायम गरेको छ ।

बचत खातामा पनि बैंकले ब्याजदर घटाएर साथि बचत खातामा ५.४१%, सर्वश्रेष्ठ रेमिटेन्स बचत खातामा ६.४१% र अन्य बचत खातामा ३.४१% ब्याजदर तोकेको छ । बैंकको आधारदर ९.२४% छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*