चिनियाँ टेक जाइन्ट कम्पनी युएनभीले काठमाडौँको सीटीसी मलमा नयाँ शोरूम सञ्चालनमा

३१ श्रावण २०८१, बिहीबार २१:०३

काठमाडौँ । चिनियाँ टेक जाइन्ट कम्पनी युएनभीले काठमाडौंको सीटीसी मलमा नेपालमा आफ्नो नयाँ अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको सुन्धारामा रहेको सीटीसी मलको दोस्रो तलामा शोरूम सञ्चालनमा ल्याएको हो ।

शोरुमको भाटभटेनीका संस्थापक मिनबहादुर गुरूङ र युएनभीका दक्षिण एशिया निर्देशक स्टेफेन टाङले संयुक्त रूपमा शोरूमको उद्घाटन गरेका हुन्।

भाटभटेनीका सञ्चालक गुरुङ्गले यस टिमसँग १६ वर्षदेखि डिजिटल सोलुसन लिइरहेको जानकारी दिँदै भविष्यमा अझै नयाँ प्रविधिमा सहकार्य गर्न इच्छुक रहेको बताए । त्यस्तै यूएनभीका दक्षिण एसिया निर्देशक टाङले नेपाली दक्षिण एशियामै व्यावसायिक रूपमा इमान्दार र मेहेनती भएको प्रशंशा गर्दै आफुहरूले नेपालको प्रविधि क्षेत्रमा लगानी बढाउन इच्छुक रहेको बताए।

शोरूममा युएनभी कम्पनीका नयाँ प्रविधिमा आधारित सर्भिलेन्स सिस्टम, अटोमेटिक डोरक सिस्टम, एटेन्डेन्स फेस रिकग्नेसन सिस्टम, भिडियो इन्टरकम सिस्टम, स्मार्ट इन्ट¥याकिभ बोर्ड लगायत डिजिटल सेक्युरिटीका सबै प्रडक्ट र सेवा उपलब्ध हुने यूएनभी स्टोरका निर्देशक हरिराम रिमालले बताए ।

त्यसैगरी निकट भविष्यमा विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशनमा समेत सहकार्यको लागि छलफल भइरहेको रिमालको भनाइ छ ।

उद्घाटनको दिन ४०० भन्दा बढीले स्टोरको अवलोकन गरेका थिए । १५० भन्दा धेरै डिलरहरूमार्फत युएनभीका प्रडक्ट देशैभर उपलब्ध रहेको कम्पनीले जनाएको छ । आगामी दिन थप विस्तार गर्दै जाने कम्पनीको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*