नेप्सेमा सम्पदा लघुवित्तको शेयर सूचीकृत, ओपन रेन्ज कति ?

३१ श्रावण २०८१, बिहीबार १८:४१

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ ।

साविकको साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था एकाआपसमा मर्जरभएपछि दुवै कम्पनीको शेयर सम्पदा लघुवित्तको नाममा नेप्सेमा ७० लाख ८ हजार ५८३.४५ कित्ता सूचीकृत भएको हो । योसँगै नेप्सेले यसअघि मर्जर प्रयोजनका लागि रोक्का गरेको कम्पनीको शेयर कारोबार पनि फुकुवा गरेको छ ।

सूचीकृत भएसँगै उक्त कम्पनीको दोस्रो बजारमा आगामी आइतवारदेखि कारोबार शुरु हुनेछ । शेयर कारोबारका लागि नेप्सेले उक्त कम्पनीको स्टक सिम्बोल ‘एसएमपीडीए’ दिएको छ । नेप्सेले उक्त कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता शेयरमूल्य १ हजार ५७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*