महिन्द्रा गाडी बेच्ने अग्नि इन्कर्पोरेटेडले वर्ष दिनमा गर्‍यो साढे पाँच अर्बको व्यापार

३१ श्रावण २०८१, बिहीबार १७:४६

काठमाडौँ । नेपालका लागि महिन्द्रा अटोमोटिभ प्रडक्टको आधिकारिक डिलर अग्नि इन्कर्पोरेटेडले एक वर्षमा साढे पाँच अर्बको व्यापार गरकेो छ । इक्रा नेपालका अनुसार कम्पनीले आर्थिक वर्ष २०८०।०८१ मा पाँच अर्ब ५५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले गरेको व्यापार अघिल्लो आर्थिक वर्ष २०७९।०८० को तुलनामा ८.०५ प्रतिशतले बढी हो । अघिल्लो आवका कम्पनीले पाँच अर्ब १४ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । पछिल्लो समय नेपाली बजार ईभिमय भइरहेको छ । नेपाली बजारमा महिद्राको ईभि नहुँदा ब्यापार खुम्चिएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८।०७९ का १४ अर्ब ९३ करोड ७० लाख रुपैयाँ, २०७७।०७८ मा १२ अर्ब ८ करोड रुपैयाँ र २०७६।०७७ मा ९ अर्ब ४८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ ।

आर्थिक मन्दि र ग्राहकहरुको ईभि भित्रको रुचिकाबीच समेत कम्पनीले सन्तोषजनक व्यापार गरेको देखिएको हो । देशभर आफ्नो नेटवर्क विस्तार गरिसकेको अग्निको आफ्नै दर्जनौ वटा शोरुम÷सेल्स आउटलेट र क्षेत्रीय डिलरसिप आउटलेट छन्।

महिन्द्रा गाडीको निर्माता महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले भारतमा पेसेन्जर भेहिकलको आपूर्तिलाई प्राथमिकता दिँदा नेपाल लगायतका अन्य क्षेत्रीय बजारमा अभाव हुन पुगेको छ। महिन्द्राको प्रमुख प्रतिस्पर्धी टाटा, मारुती सुजुकी र हुन्डाईलगायत छन्। महिन्द्रालाई टाटा र इसुजुको पिकअप सेग्मेन्टका कारण बजार प्रतिस्पर्धी बनिरहेको छ।

युटिलिटी भेहिकल, पेसेन्जर भेहिकल र ट्रयाक्टर बिक्री गर्दै आएको अग्निमा क्याबिनेट श्रेष्ठ, सुसन वैद्य श्रेष्ठ र अर्जुनप्रसाद शर्माको सेयर स्वामित्व छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*