नेपाल स्टक एक्स्चेन्जका सिईओ चन्द्रसिंह साउदले राजीनामा दिए

८ भाद्र २०७८, मंगलवार १७:२३

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जका सिईओ चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले आज पत्रकार सम्मेलन गरेर राजीनामा दिएको बताएका हुन् ।

उनले पत्रकार सम्मलेनमा दिउँसो अर्थमन्त्रालय पुगेर राजीनामा दिएको बताए । आजै अर्थमन्त्रालयबाट धितोपत्र बोर्डलाई अर्को स्पष्टकरण सोधेको थियो । पछिल्लो समय सर्वोत्तमको गोल्डेन सेयर पाएको आरोपमा सर्वोत्तमको गोल्डेन सेयर पाएको आरोपमा पुँजीबजारका दुई नियामक निकायका सिईओलाई  धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगाना र उनलाई आरोप लागेको थियो । दुई नियामक निकायका सिईओलाई सपष्टिकरण समेत मागेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*