तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट

३१ श्रावण २०८१, बिहीबार १५:०९

काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ४३.०५ अंकले बढेर तीन हजारको बिन्दुमा कायम भएको छ ।

समग्रमा शेयर बजार बढेतापनि अधिकांश कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये १०५ वटाको शेयरमूल्य बढ्नुका साथै तीन वटाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जिको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*