मंकीपक्स प्रकोपलाई डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
३१ श्रावण २०८१, बिहीबार १३:०७
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मंकीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमा फैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।
संक्रमणका घटना बढेपछि डब्लूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि सबैभन्दा उच्च तहको चेतावनी जारी गरिएको हो । महामारीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।
मंकीपक्सबाहेक अहिले कोभिड र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागु छन् । यो भाइस पहिलो पटक सन् १९५० मा मध्यअफ्रिकामा देखा परेको थियो ।