ईसेवा गुणस्तरहीन बन्दै! पटक–पटक देखिने गम्भीर प्राविधिक समस्याले बढ्दै जोखिम
काठमाडौँ । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाको गुणस्तर खस्किदैं गएको छ । कुनै समय नेपाली बजारमा उत्कृष्ट सेवा दिदै आइरहेको ईसेवा पछिल्लो समय प्राविधिक समस्याबाट गुज्रि रहेको हो ।
ईसेवामा पटक–पटक देखि रहेको गम्भीर प्राविधिक समस्याले गर्दा लाखौ ग्राहकहरुलाई सास्ती हुने गरेको छ । साउन २३ गते सर्वसाधारणको डाटा चोरी तथा अन्य विभिन्न सुरक्षा खतरा रहेको भन्दै गुगलले इसेवाको मोबाईल एपलाई गुगल प्लेस्टोरले हटाइएको थियो । ईसेवाको अनुरोधपछि केहि दिन पछि मात्र उक्त एप प्लेस्टोरमा फर्किए थियो ।
गुगलले एप नै हटाएको ठिक ७ दिनपछि ईसेवामा अर्का समस्या पैदा भयो । साउन ३० गते ईसेवामा पैसा ट्रान्सफर नहुने, पैसा पेन्डिङमा बस्ने र एप खोल्दा इरर देखाउने समस्या आएको थियो । सो समस्या आएको एक घण्टापछि मात्र केहि सहज भएको हो । यसअघि पनि यस्ता समस्या पटक–पटक आउने गरेका छन् । बैशाख २४ गते समेत ईसेवाको विभिन्न सेवा प्राविधिक समस्या आएको भन्दै २–३ घण्टा नै बन्द भएको थियो । यिनै कारणले ईसेवाका सेवा गुणस्तरहीन भइरहेको पृष्टि गर्दछ ।
ईसेवासँग बेला बेला आइरहेको समस्या बारे प्रश्न गर्दा सामान्य प्राविधिक समस्या भनेर पन्छिन् खोज्छ । तर, हप्ता जसो आइरहने समस्याका कारण ईसेवाका ग्राहकहरु घट्दै गएका छन् । कहिले कहिँ प्राबिधिक समस्या हुनु सामान्य हो तर प्रत्येक हप्ता जसो समस्या हुनु भनेको ईसेवाको लापरबाही प्रष्ट हुने आईटी विज्ञहरु बताउँछन् । ईसेवाको मोबाइल वालेटमा सुरक्षा जोखिम भन्दै ग्राहकहरु समय नै सचेत हुनुपर्ने उनीहरुको मत रहेको छ ।
ईसेवाको सेवामा आइरहेको समस्याले गर्दा पछिल्लो समय ग्राहकहरु घट्दै अन्य वालेट प्रयोग गरी रहेका छन् । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा ईसेवामा आएको समस्याले पैसा जम्मा हुन नसकेर कुनै बिरामीको निधन भएको खण्डमा त्यसको जिम्मा कस्ले लिन्छ ? सोहि कारण पनि ईसेवा प्रयोग गर्नु जोखिमपूर्ण रहेको साइबर सेक्युरिटी सम्बन्धी अध्ययन गरी रहेको गणेश बोहरा बताउँछन् ।
ईसेवामा आइरहेको समस्याले लाखौ ग्राहक प्रभावित हुने गरेको भएपनि नियामक निकाय नेपाल राष्ट्र बैंक भने आँखामा पट्टी बाधेर बसेको छ । केन्द्रीय बैंकको नियमलाई नै धज्जी उडाइरहेको ईसेवाको लापरबाही रोक्न सम्बन्धीत निकाय मौन छन् । कुनै समय यस्ता प्राविधिक समस्याले ग्राहकको अर्बौ रकम डुब्ने अवस्थाको जिम्मेवार राष्ट्र बैंक हुनुपर्ने सर्वसाधारणको धारण रहेको छ ।
अनलाइन जुवाको अखडा बन्दै इ–सेवा, नियामक निकाय मूकदर्शक हुँदा मौलाउँदै गैर कानुनी धन्दा !