मोदी इनर्जीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

३१ श्रावण २०८१, बिहीबार १०:२५

काठमाडौँ । मोदी इनर्जी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले १०० प्रतिशत हकप्रद जारी गर्ने छ । उक्त प्रस्ताव विद्युत नियमन आयोगमा स्वीकृतिका लागि पेश हुनेछ । आयोगबाट प्रस्ताव पारित भएपछि थप प्रकृया अघि बढ्ने छ ।

हाल यसको चुक्ता पुँजी २ अर्ब ९० करोड रहेको छ । १०० प्रतिशत हकप्रद पछि पुँजी ५ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*