स्टार माइक्रोको नाफा करीब १८ लाख रुपैयाँ, बीमा कोष ६५ लाख नजिक

३१ श्रावण २०८१, बिहीबार ०७:४४

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १७ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको छ । निर्जीवन लघुबीमा कम्पनीको रूपमा स्थापित भएको एक वर्षमा कम्पनीले उक्त नाफा गरेको हो ।

कुल चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको यस कम्पनीको बीमा कोषमा ६४ लाख ९५ हजार रुपैयाँ छ । गत वर्षमा कम्पनीले १ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले गत वर्ष बीमितलाई करीब ८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ । यस कम्पनीले कर्जा तथा लगानीबाट गत वर्ष साढे ४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

प्रतिशेयर आम्दानी ०.३४ रुपैयाँ रहेको यस कम्पनीको गत वर्षको कुल खर्च ५ करोड ६ लाख रुपैयाँमाथि छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*