नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुको आर्थिक सूचकको अवस्था कस्तो ? (सम्पूर्ण वित्तिय सूचक सहित)
काठमाडौं । चालु आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सले आफुलाई फेरी अब्बल सावित गरेको छ ।
अघिल्लो त्रैमाससम्म तुलनामा ३० प्रतिशत मुनाफामा रहेको कम्पनी यो बर्ष पनि सबै वित्तिय सूचकमा अब्बल नै देखिन्छ।
चुक्ता पूँजी सबै भन्दा धेरै रहेको नेपाल लाइफ जीवन बीमा क्षेत्रमा क्रियाशील र शेयर बजारमा सूचीकृत मध्ये सबै भन्दा बलियो कम्पनी समेत हो । दोस्रो बजारमा कम्पनीको शेयर १ हजार रुपैयाँ माथि नै कारोबार हुने गरेको छ।
८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल लाइफको बीमा व्यवसायको मुख्य श्रोत खुद बीमाशुल्क आर्जन, जीवन बीमा कोष, कुल बीमाशुल्क र खुद नफामा अग्रता कायमै राख्न सफल भएको छ ।
नेपाल लाइफपछि नेशनल लाइफको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ रहेको छ।
त्यस्तै, सूर्य ज्योति, नेशनल, आइएमई पुँजी पुराउने कम्पनीमा पर्न सफल भएको छ। रिलायबल नेपाल लाइफ र प्रभु महालक्ष्मी लाइफ भने पुँजी जुटाउने अन्तिम तरखरमा रहेको देखिन्छन् ।
एशियन लाइफको चुक्ता पूँजी सबैभन्दा कम तीन अर्ब १५ करोड रुपैयाँ मात्रै रहेको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले आगामी एजीएमसम्ममा ५ अर्ब रुपैयाँ न्युनतम चुक्ता पूँजी पुर्याउनु पर्नेछ ।
त्यस्तै, एलआईसी नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। कम्पनीले धितोपत्र बोर्डमा हकप्रद शेयर निष्काशनको लागि आवेदन दिएको थियो । सो प्रस्तावमा बोर्डले आवश्यक डकुमेन्ट र रिभ्यू गर्न राखेको छ।
बोर्ड नेत्तृव विहिनहुँदा कम्पनी सहित अन्य बीमा कम्पनीहरु पुँजी पुराउने तरखरमा रहेका कम्पनी समस्यामा परेका छन्।
एलआईसी नेपाल भारतीय स्वामित्वमा रहेको कारण कम्पनीलाई उक्त राष्ट्रको प्रावधान पनि उल्लंघन गनुपर्ने भएको कारण प्राधिकरणले सबैभन्दा धेरै हकप्रद निष्काशन गर्न अनुमति दिएको छ। सो कारण कम्पनीले बार्डमा ८८ दशमलव ४५ प्रतिशत हकप्रद निष्काशनको लागि आवेदन दिएको हो ।
कम्पनीले २ करोड ३४ लाख ६८ हजार कित्ता वापत २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्नेछ ।
खुद बीमाशुल्क ४० अर्ब माथि, नेपाल लाइफको मात्रै ३० प्रतिशत योगदान रहेको छ ।
नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुले यस अवधिमा कूल १ खर्ब ३७ अर्ब रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् । त्यसमा नेपाल लाइफको मात्रै ३० प्रतिशत अर्थात ४० अर्ब ११ करोड रुपैयाँ योगदान रहेको छ ।
नेपाल लाइफ पछि नेशनल लाइफ सबै भन्दा धेरै १८ अर्ब ७९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । नेशनल लाइफले पनि १८ अर्ब ६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफले १६ अर्ब १९ करोड रुपैयाँ, सूर्य ज्योति लाइफले ९ अर्ब १० करोड रुपैयाँ, एशियन लाइफले ७ अर्ब ४४ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ८६ करोड रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ८४ करोड रुपैयाँ खुद बर प्रभु महालक्ष्मी लाइफले ४ अर्ब २३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब रुपैयाँ बढी खुद बीमाशुल्क संकलन गरेका छन् ।
खुद नाफामा पनि हिमालयन लाइफ अघि
नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ अर्ब ७ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
जसमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउनेमा हिमालयन लाइफ बनेको छ । मर्जरपछि कम्पनी थप सशक्त बनेको छ। साविकको युनियन, प्राइम र गुराँस लाइफ मिलेर बनेको कम्पनी चुक्ता पुँजी र मुनाफा र जीपन बीमा कोषमा पनि थप अब्बल बनेको छ। कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्मा ६३ करोड ३८ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।
चौथौ त्रैमासमा सन नेपाल लाइफ पनि थप मुनाफा मजबुत बनेको छ । सन नेपाल लाइफ गत आर्थिक बर्षको चौथौ त्रैमासमा उत्कृष्ट मुनाफा आर्जन गर्ने दोस्रो कम्पनी बन्न सफल भएको छ। कम्पनीले गत आ।वको चौथौ त्रैमाससम्मा ५७ करोड ४९ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।
तेस्रोमा आइएमई लाइफ रहेको छ। कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्मा ५१ करोड ४५ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।
चौथौमा नेपाल लाइफ इन्स्योरेन्स नेपाल रहेको छ। कम्पनीले चौथौ त्रैमासम्म्मा ५१ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
रिलायबल र नेशन लाइफ ४० करोड माथि रहेको छ। छ भने सूर्य ज्योति लाइफ, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स लाइफ, एशियन लाइफ र सिटिजन लाइफ ३ अर्ब माथि मुनाफा आर्जन गर्ने कम्पनी बनेको छ।
एलआईसी नेपाल भने २ अर्ब माथि मुनाफा आर्जन गर्ने कम्पनी बनेको छ।
जगेडा कोषमा एलआईसी नेपाल र जीवन बीमा कोषमा नेपाल लाइफ अग्रस्थानमा
जगेडा कोषको आधारमा एलआईसी नेपाल बलियो देखिएको छ । चालु आर्थिक वर्षको चौथौ त्रैमा सम्ममा एलआईसी नेपालको जगेडा कोषमा सबै भन्दा धेरै ३ अर्ब ५७ करोड रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको जीवन बीमा कोषमा पनि १ खर्ब २० अर्बरुपैयाँ सञ्चित रहेको छ ।
जीवन बीमा कोष भने नेपाल लाइफ इन्स्योरेन्सको मजबुत देखिएको छ । नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब ९८ अर्ब ३३ करोड रुपैयाँ सञ्चित छ । कम्पनीको जगेडा कोषमा भने २ अर्ब ३८ करोड रुपैयाँ मात्रै सञ्चित रहेको छ ।
यस्तै, एलआईसी नेपालको पनि जगेडा कोष र जीवन बीमा कोष बलियो देखिएको छ ।
छ । कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब ४४ करोड रुपैयाँ रकम संचिती रहेको छ।
त्यस्तै, एशियन लाइफ जगेडा कोषमा सबैभन्दा कमजोर देखिएको छ। चौथौ त्रैमासको अवधिमा कम्पनीको जगेडा कोषमा ४९ करोड रुपैयाँ मात्रै रकम संचिती रहेको छ।
प्रतिशेयर आम्दानीमा सन नेपाल लाइफ अघि, नेटवर्थमा सिटिजन लाइफ
दोस्रो बजारमा एलआईसी नेपालको रहेको छ । कम्पनीको शेयर मूल्य दोस्रो बजारमा २ हजार रुपैयाँ माथि रहेको छ।
दोस्रोमा नेपाल लाइफको शेयर मूल्य १ हजार माथि रहेको छ।
प्रतिशेयर आम्दानीमा सन नेपाल लाइफ रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५१ पैसा रहेको छ।
आइएमई लाइफ दोस्रोमा रहेको छ । कम्पनीको इपीएस १० रुपैयाँ २९ पैसा रहेको छ।
तेस्रोमा एशियन लाइफ रहेको छ । कम्पनीको शेयर मूल्य ९ रुपैयाँ ९ पैसा रहेको छ।सबैभन्दा कम प्रतिशेयर आम्दानी हिमालयन लाइफ र नेपाल लाइफको रहेको छ।
पिई रोसियोमा नेपाल लाइफ अग्रस्थामा रहेको छ ।सन नेपाल लाइफको पिई रोसियो सबैभन्दा कम रहेको छ।
प्रतिशेयर नेटवर्थमा सिटिजन लाइफ इन्स्योरेन्स अघि देखिएको छ । यस अवधिमा सिटिजन लाइफको प्रतिशेयर नटवर्थ १७६ रुपैयाँ ९६ पैसा रहेको छ ।
.सबैभन्दा कम नेटवर्थ भने एशियन लाइफको रहेको छ । एशियन लाइफको प्रतिशेयर नटवर्थ ११८ रुपैयाँ पैसा मात्रै रहेको छ ।
नोटः उपलब्ध तथ्याङ्क कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण आधारबाट तयार गरिएको हो । शेयर कारोबारको लागि लगानीकर्ताले कारोवारको अन्तिम निर्णय लिनु अघि कम्पनीको बारेमा थप अनुसन्धान गनुपर्ने हुन्छ ।