नेपाल माइक्रोको नाफा २९ लाख रुपैयाँ माथि

३० श्रावण २०८१, बुधबार १३:४६

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा २९ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । यसै कम्पनीले अघिल्लो वर्षमा करीब ४२ लाख नाफा कमाएको थियो ।

गत वर्ष कम्पनीले ५ करोड १५ लाख ८४ हजार रुपैयाँ कुल बीमाशुल्क र १ करोड ८५ लाख ३८ हजार खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षमा कम्पनीले ७ करोड १६ लाख ६९ हजार कुल आम्दानी गरेको छ ।

५२ करोड ५० लाख चुक्ता पूँजी रहेको यस कम्पनीको बीमा कोषमा ५ करोड ८५ लाख ७६ हजार रुपैयाँ छ । गत वर्ष कम्पनीले ६६ करोड ६७ हजार रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ०.५६ रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*