नेशनल इन्स्योरेन्सको मुनाफा ५२ प्रतिशतले बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था

३० श्रावण २०८१, बुधबार १३:१६

काठमाडौँ । नेशनल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचक सन्तोषजनक रहेका छन् ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २६ करोड ६७ लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५१.९७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १७ करोड ५५ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको बीमा कोषको आकार २२.५५ प्रतिशतले बढेर १ अर्ब ६० करोड ७५ लाख रुपैयाँ पुगको छ । अघिल्लो आवका भने कम्पनीको बीमा कोष १ अर्ब ३१ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आफ्ना बीमितहरुलाई एक वर्षमा ५५ करोड ५८ लाख ५७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३९ प्रतिशतले कम हो । यता, कम्पनीको कुल बीमा शुल्क आर्जन ११.५२ प्रतिशतले घटेर ९० करोड १५ लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्ममा कम्पनीको चुक्तापुँजी १ अर्ब ८ करोड १९ लाख रुपैयाँ र जगेड कोषको सञ्चिति ५६ प्रतिशतले बढेर ७० करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*