शेयर बजारमा भारी गिरावट आउँदा २० कम्पनीको शेयरमा लाग्यो नकारात्मक सर्किट

८ भाद्र २०७८, मंगलवार १५:२९

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत भएका २२५ कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर किनबेच भएको छ । साताको तेस्रो दिन नेप्से ५५.८९ अकंले घट्दा १६ अर्ब माथिको कारोबार भएको हो ।

आज गुर्खाज फाइनान्स र जीवन विकास लघुवित्तको शेयरमा पोजेटीभ सर्किट लागि सर्वाधिक कमाउन सफल भएका छन् । साथै सेन्ट्रल फाइनान्सको ७.४७ प्रतिशत अकं, नेको इन्स्योरेन्सको ५.०६ प्रतिशत अकं र जनरल इन्स्योरेन्सको ४.४९ प्रतिशत अकंले वृद्धि भएको हो ।

त्यस्तै, नेशनल हाईड्रोपावर, हाईड्रोइलेक्टसिटी इनभेष्टमेन्ट, खानीखोला हाईड्रोपावर, दिब्यशवरी हाईड्रोपावर, सनराईज पावर डेभलपमेन्ट, नेपाल हाईड्रो डेभलोपर, कालिका पावर, अन्खु खोला जलविद्युत, जोशी हाईड्रोपावर डेभलपमेन्ट, घलेम्दी हाईड्रो, यूनिर्भसल पावर, यूनियन हाईड्रोपावर, शिव श्री हाईड्रोपावर, रुरु हाईड्रोपावर, पन्चकन्या माई हाईड्रोपावर, हिमालयन पावर, लिबर्टी इर्नजी र माउन्टेन हाईड्रो नेपालको नकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*