२० प्रतिशतले बढ्यो सानिमा जिआईसी इन्स्योरेन्सको मुनाफा, इपिएससहित अधिकांश सूचक उकालो यात्रामा

३० श्रावण २०८१, बुधबार १०:३६

काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्सले एक वर्षको अवधिमा आफ्नो मुनाफा २०.९२ प्रतिशतले वृद्धि गर्ने सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष चौथो त्रैमाससम्ममा ३३ करोड ७ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २७ करोड ३५ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको बीमा कोषको आकार १३.१० प्रतिशतले बढेर ३ अर्ब ४२ करोड ४५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोषमा ३ अर्ब २ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १९.४४ प्रतिशतले बढेर २ अर्ब ५१ करोड १६ लाख रुपैयाँ र खुद बीमा शुल्क ३६.५२ प्रतिशतले बढेर ७५ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कर्जा तथा लगानीबाट हुने आय ४.४६ प्रतिशतले बढेर २५ करोड ८५ लाख रुपैयाँ रहेको छ । एक वर्षमा कम्पनीले आफ्ना बीमितलाई ९० करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

यता, कम्पनीको प्रतिशेयर आम्दानी १३.६८ रुपैयाँबाट बढेर १६.५४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४९.३१ रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति १३.१० प्रतिशतले बढेर २ अर्ब ४२ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*