ब्यवसाय घट्दा समेत नेको इन्स्योरेन्सको मुनाफा साढे ६८ करोड, कस्ता छन् अन्य सूचक ?

३० श्रावण २०८१, बुधबार १०:०६

काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको व्यवसाय घट्दा समेत कम्पनीको नाफा ६८ करोड ५७ लाख ११ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा भने २.७४ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा नेकोले ७० करोड ५० लाख १२ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कम्पनीको खर्च बढ्दा नाफा प्रभावित हुन पुगेको देखिएकोे छ ।

गत आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन २.६७ प्रतिशतले घटेर २ अर्ब ९५ करोड २४ लाख ४१ हजार रुपैयाँ र खुद बीमा शुल्क आर्जन ७.३३ प्रतिशतले घटेर १ अर्ब ६६ करोड १२ लाख रुपैयाँ पुगेको हो ।

यसअवधिमा कम्पनीको बीमा कोषको आकार ११.१८ प्रतिशतले बढेर ३ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ३ अर्ब १२ करोड ७ लाख रुपैयाँको रहेको थियो ।

समिक्षा अवधिमा कम्पनी दाबी भुक्तानी ३७.५८ प्रतिशतले घटेर १ अर्ब ३ करोड ५० लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३५.०३ रुपैयाँबाट घटेर ३४.०७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २७२.८१ रुपैयाँ रहेको छ ।

असार मसान्तसम्ममा कम्पनीको चुक्तापुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ र जगेडा कोषमा सञ्चिति ३ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*