प्रभु इन्स्योरेन्सको खुद नाफा ११८% ले बृद्धि, कस्ता छन् अन्य वित्तीय सूचांक ?

३० श्रावण २०८१, बुधबार १०:०४

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको वित्तीय विवरणमा उल्लेख्य प्रगति देखिएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क, खुद नाफा लगायत इपीएस समेत बढेको छ ।

समीक्षा अवधिमा कम्पनीको मुनाफा ११८.१३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा २२ करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले गत आवमा ४९ करोड आठ लाख रुपैयाँ मुनाफा कमाएको छ ।

यस अवधिमा कम्पनीको खुद बीमा शूल्क आर्जन १४.२९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ५७ करोड सात लाख रुपैयाँ रहेको खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आवमा ६५ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले गत आवमा एक अर्ब ७१ करोड ८३ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवको यस अवधिमा एक अर्ब ५६ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको थियो । जुन ९.५८ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले यस अवधिमा कर्जा तथा लगानीबाट १३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, कम्पनीले ७१ करोड चार लाख रुपैयाँ व्यवस्थापन तथा कर्मचारी तलव लगायतका विषयमा खर्च गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले आफ्ना बीमितहरुलाई ४३ करोड २४ लाख रुपैयाँ कुल बीमा दावी भुक्तानी दिएको छ । त्यस्तै, नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६१ पैसाबाट बढेर ३४ रुपैयाँ ०५ पैसा पुगेको छ ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २२२ रुपैयाँ १९ पैसा रहेको छ।

एक अर्ब ४४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ फण्डको आकार ३७ प्रतिशतले बढेर एक अर्ब ७६ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*