वित्तीय विवरणमा मेट लाइफ पछाडि, दाबी भुक्तानी बढ्दा मुनाफा घट्यो
काठमाडौं । मेट अमेरिकन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा ३४.१४ प्रतिशतले घटेर ५० करोड ४१ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो नाफा ७६ करोड ५४ लाख रुपैयाँ थियो ।
गत वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ७.९२ प्रतिशतले बढेर ५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ५ अर्ब ५ अर्ब २६ करोड २२ लाख रुपैयाँ थियो । यससँगै कम्पनीको कुल दाबी भुक्तानी पनि करीब १३ प्रतिशतले वृद्धि भएर ३ अर्ब २३ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको बीमा कोष १२.७८ प्रतिशतले बढेर २६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष २३ अर्ब ८७ करोड १४ लाख रुपैयाँ मात्रै थियो । गत वर्ष कम्पनीको लगानी ९.०७ र बीमितमा प्रवाह गर्ने कर्जा १२.०९ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्ष कम्पनीको कर्जा तथा लगानीबाट हुने आय ९.२१ प्रतिशतले बढेको छ भने समीक्षा अवधिमा संस्थागत सुधारका लागि कम्पनीले १३.०९ प्रतिशतले कुल खर्च पनि बढाएको छ ।
नोटः कम्पनीको वास्तविक मुनाफा एक्चसुरी भ्यालुएसनपछि मात्रै आँउछ । कम्पनीले चौथौ त्रैमासमा सार्वजिनक गरेको अपरिष्कृत मुनाफा एक्चुरी भ्यालुएसनपछि बढ्न वा घटन सक्छ ।