६४ अर्बको जीवन बीमा कोष बनाउँदै अघि बढ्यो हिमालयन लाइफ, व्यवसायमा उल्लेख्य बृद्धि

३० श्रावण २०८१, बुधबार ०८:४२

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी ६४ अर्ब भन्दा ठूलो बिशाल जीवन बीमा कोष बनाउँदै अघि बढेको छ ।

नेपालकै नम्वर वान जीवन बीमा कम्पनी बन्दै भन्दै अघि बढेको हिमालयन लाइफको वित्तीय विवरण अनुसार जीवन बीमा कोषको आकार २३.८३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । त्यस्तै, जगेडा कोष, महाविपत्ती कोषसहित कूल कोषको आकार ६६ अर्ब ६४ करोड नाघेको छ ।

कूल आठ अर्ब दुई करोड चुक्ता पुँजि भएको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलेगत आवमा बीमा व्यवसाय ११.०९ प्रतिशतले बृद्धि गर्न सफल भएकोछ । जसमा प्रथम बीमा शुल्कको बृद्धि १२.४४ प्रतिशत रहेको छ । कम्पनीले समीक्षा अवधीमा सिंगल प्रिमियमको साहारा नलिई प्रथम बीमा शुल्क उल्लेख्य बृद्धि गर्न सफल भएको हो । प्रथम बीमा शुल्क र नविकरण बीमा शुल्क दुवै बृद्धि गर्न सफल भएकोले हिमालयन लाइफ उत्साह र सक्रियतापूर्वक जीवन बीमा व्यवसायलाई अघि बढाइरहेको देखिन आएको छ ।

समीक्षा अवधीमा कम्पनीको कूल लगानी २३.५६ प्रतिशतले बृद्धि गरी कर्जा तथा लगानीबाट प्राप्त हुने आम्दानीमा समेत बृद्धि गर्न सफल भएको छ । त्यस्तो आम्दानी पाँच अर्ब ४१ करोडबाट बढेर छ अर्ब ४० करोड पुगेको छ ।
त्यस्तै हिमालयन लाइफ नविकरण बीमा शुल्क १२ अर्ब ६४ करोडबाट बढेर १४ अर्ब एक करोड पुगेको छ । समीक्षा अवधीमा कम्पनीले १४ हजार ३१ वटा दावी भुक्तानी गरेको छ ।

समीक्षा अवधीमा कम्पनीको मुनाफा २१.५९ ले बृद्धि भई ५२ करोडबाट बढेर ६३ करोड पुगेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।
कम्पनीको प्रतिशेयर आम्दानी ७.९० रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ पुगेको छ । प्रतिशेयर कूल सम्पत्तिको मूल्य ९६६.२६ रुपैयाँ रहेको छ ।

One thought on “६४ अर्बको जीवन बीमा कोष बनाउँदै अघि बढ्यो हिमालयन लाइफ, व्यवसायमा उल्लेख्य बृद्धि

  1. तिलक शाही says:

    गज्जव ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*