आइएमई लाइफको नाफामा उच्च वृद्धि, बीमा कोषको आकार १० अर्ब

३० श्रावण २०८१, बुधबार ०७:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार गत वर्ष कम्पनीको खुद नाफा १४५ प्रतिशतले उच्च वृद्धि भएको छ ।

कम्पनीले गत वर्ष ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ । जबकी अघिल्लो वर्ष यस्तो नाफा २० करोड ९९ लाख मात्रै थियो । कम्पनीको जीवन बीमा कोषको आकार पनि ४१.५७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ७ अर्ब ५ करोड ७४ लाख रुपैयाँ रहेको जीवन बीमा कोष गत वर्ष ९ अर्ब ९९ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल बीमाशुल्क आम्दानी १३.२४ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड ११ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ४ अर्ब १८ करोड ६९ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कुल दाबी भुक्तानी पनि ६.७६ प्रतिशतले वृद्धि भएर १ अर्ब २३ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँबाट बढेर १०.२९ रुपैयाँ पुगेको छ । नेटवर्थ १४५.५९ रुपैयाँ, पीई रेसियो ४४.०२ गुणा र सोल्भेन्सी रेसियो २.८ प्रतिशत छ ।

समीक्षा अवधिमा कम्पनीको लगानी ५२.८६ प्रतिशतले वृद्धि भएको छ । चुक्ता पूँजी २५ प्रतिशतले बढेर ५ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीको बीमितमा प्रवाह हुने कर्जा ११.९४ प्रतिशतले वृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*