चम्कियो हिमालय रि इन्स्योरेन्सको व्यवसाय, मुनाफा र इपीएससहित सम्पूर्ण सूचांकमा वृद्धि

३० श्रावण २०८१, बुधबार ०७:४१

काठमाडौं । पूँजी बजारमा सर्बाधिक चर्चित र सर्वाधिक कारोबार भइरहेको हिमालयन रि इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बुधबार सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानीमा उल्लेख्य वृद्धि भएको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा ९७.६७ प्रतिशतले बृद्धि भई १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको मुनाफो ६४ करोड ९४ लाख रुपैयाँ मात्र रहेको थियो ।

यस अवधिमा कम्पनीको खुल आर्जित बीमाशुल्क ८२.७५ प्रतिशत बढेर पाँच अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने कुल आम्दानी ६७।०९ प्रतिशत बढेर ६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ४७।१९ प्रतिशतले बढेर दुई अर्ब ७५ करोड रुपैयाँ पुगेको छ र कुल खर्च ५५।१२ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ६ पैसा बढेर १२ रुपैयाँ ३४ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४७.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा रहेको छ ।

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा एक अर्ब नौ करोड रुपैयाँ, महाविपत्ती कोषमा ११ करोड १० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५६ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा दुई करोड ७४ लाख रुपैयाँ सञ्चित छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*