एशियन लाइफको मुनाफा ३६% ले वृद्धि, सबै सूचांकमा देखियो प्रगति

३० श्रावण २०८१, बुधबार ०७:२१

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको असार मसान्तसम्मको वित्तीय विवरणमा अधिकांश सूचांकमा प्रगति गर्न सफल भएको छ । आज प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार मुनाफासहितका अधिकांश वित्तीय सूचकहरुमा वृद्धि भएको छ ।

कूल तीन अर्ब १५ करोड ५३ लाख चुक्ता पुँजि भएको एशियन लाइफको जीवन बीमा कोष तीन अर्ब ७६ करोड ८१ लाख पुगेको छ । गत आवको यसै अवधीमा यस्तो कोषको आकार तीन अर्ब ७६ करोड ६५ लाख रुपैयाँ रहेको थियो । त्यस्तै जगेडा कोषमा ४९ करोड ३३ लाख रुपैयाँ संचित रहेको छ ।

कम्पनीले कूल ३४ अर्ब ५५ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै ४ अर्ब ७८ करोड रुपैयाँ बीमितलाई ऋण लगानी गरेको छ । कम्पनीको लगानी ०.१९ प्रतिशतले बृद्धि भएको छ भने जीवन बीमा कोष ०.०४ प्रतिशतले बृद्धि भएको छ ।

समीक्षा महिनाको अवधीमा कम्पनीले ८ अर्ब पाँच करोड १२ लाख कूल बीमा शुल्क संकलन गर्न सफल भएको छ । अघिल्लो वर्ष पनि कम्पनीले सात अर्ब एक करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो ।

त्यस्तै, कुल खुद दावी भुक्तानी ५९.५२ प्रतिशतले बृद्धि भई दुई अर्ब ९२ करोडबाट बढेर चार अर्ब ६६ करोड पुगेको छ । कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त आम्दानी २२.१३ प्रतिशतले बृद्धि भई तीन अर्ब ५५ करोडबाट बढेर चार अर्ब ३४ करोड नाघेको छ । त्यस्तै कमिशन खर्च भने ७१ करोड ५४ लाख रुपैयाँबाट बढेर ७२ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

आम्दानी बृद्धि तथा खर्च कटौति गरेका कारण एशियन लाइफको खुद मुनाफा ३६.९१ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवको यसै अवधीमा २४ करोड खुद नाफा कमाएको कम्पनीले चालु आवको समीक्षा अवधीमा ३२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

समीक्षा अवधीमा एशियन लाइफको प्रतिशेयर आम्दानी ९.६६ रुपैयाँ रहेको छ । समग्रतामा कम्पनीले व्यापक सुधार गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*