रिलायबल नेपाल लाइफको अधिकांश सूचकमा वृद्धि, जीवन बीमा कोष १० अर्ब माथि

३० श्रावण २०८१, बुधबार ०७:१२

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा उल्लेख्य प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्ष ४२ करोड ६३ लाख ५८ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २७.५७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ३३ करोड ४२ लाख १५ हजार रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीको जीवन बीमा कोषको आकार ३५.७९ प्रतिशतले बढेर १० अर्ब ५ करोड २४ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ७ अर्ब ४० करोड २८ लाख रुपैयाँ थियो । कम्पनीले गत वर्ष ४ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३ अर्ब ७९ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जन १०.८८ प्रतिशतले बढेको हो ।

गत वर्ष कम्पनीले ४८ करोड ६० लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो वर्ष कम्पनीले ५० करोड ८१ लाख रुपैयाँ खर्चिएको थियो । कम्पनीको कुल खर्च १६.६९ प्रतिशतले बढेको छ ।

गत वर्ष कम्पनीको दाबी भुक्तानी २.४१ प्रतिशतले बढेको छ भने लगानी ५५.४८ प्रतिशतले बढेको छ । ४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १९ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*