कर्मचारीको दक्षता अभिवृद्धि गर्न वृत्ति विकास शीर्षकको रकम खर्च गर्न बीमा प्राधिकरणद्धारा कम्पनीलाई निर्देशन

२९ श्रावण २०८१, मंगलवार १८:२४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत आर्थिक बर्षमा बीमा कम्पनीहरुले कर्मचारीको दक्षता अभिवृद्धिका लागि पर्याप्त लगानी नगरेको भन्दै सचेत गराएको छ।प्राधिकरणले वित्तीय विवरण स्वीकृतिको सहमति दिंदा पहिलो बुँदामा नै ‘संस्थागत सुशासन निर्देशिका २०८० को दफा ४५ को प्रावधान पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको छ।

निर्देशिकाको दफा ५७ क मा बीमकले आफ्ना कर्मचारीको दक्षता अभिवृद्धिका लागि प्रत्येक वर्ष अघिल्लो आर्थिक वर्षको कूल कर्मचारी खर्चको कम्तीमा दुई प्रतिशत रकम तालिम तथा वृत्ती विकास शीर्षकमा खर्च गर्नुपर्नेछ भन्ने प्रावधान छ।

साथै सबै कर्मचारीले दक्षता अभिवृद्धिमा समान अवसर पाउने गरी आवश्यक व्यवस्था मिलाउनुपर्ने प्रावधान छ।बीमा कम्पनीले आफ्नो कर्मचारीको दक्षता अभिवृद्धिका लागि प्रत्येक वर्ष अघिल्लो आर्थिक वर्षको कुल कर्मचारी खर्चको कम्तीमा दुई प्रतिशत रकम तालिम तथा वृत्ती विकास शिर्षकमा खर्च गर्नु पर्ने प्रावधान अनुसार खर्च नगरेको कारण कम्पनीहरुलाई परिपत्र जारी गरेर सचेत गराएको छ।

बीमा कम्पनीले कर्मचारीको दक्षता अभिबृद्धि कार्यक्रम सञ्चालन गर्दा सबै कर्मचारीलाई सामान अवसर प्राप्त गर्ने गरी आवस्यक व्यवस्था मिलाउनुपर्ने व्यवस्था ऐनमा रहेको छ । बीमा कम्पनीले वार्षिक करोडौ रुपैयाँ कर्मचारीका लागि खर्चिने गरेका छन् ।

यसरी खर्च हुने रकमको २ प्रतिशत रकम दक्षता अभिबृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गर्नु पर्नेछ । बीमा प्राधिकरणको यस्तो निर्देशनले बीमा कम्पनीका कर्मचारीहरुले अवदेखि विभिन्न तालिम प्राप्त गर्ने छन् । साथै कम्पनीले दक्ष जनशक्ति पाउने सम्भावना पनि बढ्ने छ । सो मा कमपनीहरुको खर्च नरहेको कारण प्राधिकरणले कम्पनीहरुलाई सचेत गराएका हुन् ।
बीमा प्राधिकरणले ऐन बमोजिम दक्षता अभिबृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन नगरेका कमपनीहरुलाई सपष्टीकरण साध्ने उचित जवाफ नआए कारवाही गर्ने तयारी गरिएको बुझिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*