ओमोडा ई–५ इलेक्ट्रिक कार ५५ लाख ९९ हजार रूपैयाँमा खरिद गर्ने सकिने
२९ श्रावण २०८१, मंगलवार १८:०९
काठमाडौँ । ओमोडाको आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले ओमोडा ई–५ नयाँ डिलक्स भेरियन्ट नेपाल भित्राएको छ । केही फिचर हटाएर कम गर्दै ओमोडा ई–५ नेपाल ल्याएको हो ।
नयाँ भेरियन्ट अनुसार अब ओमोडा ई–५ इलेक्ट्रिक कार ५५ लाख ९९ हजार रूपैयाँमा खरिद गर्ने पाइनेछ । यसअघि, ओमोडाको मूल्य टप भेरियन्टको मूल्य ६१ लाख ९९ हजार रूपैयाँ तोकिएको थियो । यसैगरी, ड्यूल टोन कलर भेरियन्टको मूल्य ६२ लाख ४९ हजार रुपैयाँ पर्ने थियो ।
इलेक्ट्रिक कारको यो नयाँ भेरियन्टमा ३६० डिग्री क्यामरा, पावर टेलगेट, प्राइभेसी तथा साइलेक्ट क्लास, प्याडल लाइट लगायतका फिचर छैनन् । तर ओमोडा ई–५ को टप भेरियन्टमा सानो साइजको सनरुफ पाइनेछ । त्यस्तै, नयाँ आएको भेरियन्टमा ६ वटा स्पीकर पाउन सकिन्छ ।