शेयर बजारको कुल पुँजीकरण जीडिपि नजिकै, अब किनिने शेयर जोखिमपूर्ण छन्?

२९ श्रावण २०८१, मंगलवार १७:२९

काठमाडौँ । निरन्तर उकालो यात्रा तिर लम्कि रहेको पुँजी बजारमा मंगलबार सामान्य करेक्सन त देखिएको छ । तर, पुँजी बजारको कुल बजार पुँजीकरण जीडिपि नजिकै पुग्दा नवप्रवेशी र अब किनिने शेयर जोखिमपूर्ण हुने देखिएको छ । पछिल्लो समय पुँजी बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ ।

साउन २८ गते अर्थात् सोमबार हालसम्मकै उच्च कारोबार भएको बजारको आकार पनि हालसम्मकै ठूलो बनेको हो । सोमबार एकैदिन सेयर बजारमा २७ अर्ब २४ करोड रूपैयाँको कारोबार भएको थियो । आज कारोबार साढे २१ अर्ब भएको देखिन्छ । कारोबारमा आएकोे रौनकले बजारको आकार बढेर ४६ खर्ब ४३ अर्ब रूपैयाँ पुगेको छ।

नेपालमा बजार पुँजिकरण कूल ग्राहस्त उत्पादन नजिक पुगेकोले शेयर बजार कुनै पनि बेला ढल्न सक्ने चर्चाहरु अहिले बजारमा हुन थालेका छन् । बजारमा आउने सम्भावित गिरावटलाई लिएर अहिले नियामक निकायहरु पनि सबल, वित्तीय अवस्था उत्कृष्ट र लाभांश क्षमता राम्रो रहेको कम्पनीको रोज्न सुझाव दिइरहेका छन् ।

नेपालको कूल जिडिपी ५४ खर्ब ९४ अर्ब रहेको छ । नेप्सेमा मंगलबार कूल बजार पुँजिकरण ४६ खर्ब ५३ अर्ब पुगेको छ । अहिले जिडिपी र नेप्सेमा बजार पुँजिकरणको रेसियो करिब ९० प्रतिशत नजिक पुग्न थालेको छ । शेयर बजारको बजार पुँजिकरण जति जति जिडिपी नजिक पुग्छ उति नै जोखिमपूर्ण मानिन्छ । जिडिपि नजिक पुग्न बजार पुँजिकरण ८ खर्ब ३१ अर्ब रुपैयाँ बाँकी रहेको छ ।

नेपालको पुँजीकरण समेत ओभरभ्यालुड नजिक पुग्न थालेको छ । पछिल्लो एक साताको तथ्याङ्क अवलोकन गर्ने हो भने शेयर बजारमा कारोबार बढ्दो क्रममा रहेको छ । जिडिपि नजिक पुँजीकरण पुगेको हुँदा कुनै पनि समय नाफा बुक गर्नेहरु हाबि हुुने देखिन्छ । जसले गर्दा स–साना लगानीकर्ता डुब्ने पुग्ने देखिन्छ । स–साना लगानीकर्ता नबुझी शेयर खरिद गर्दा लगानी जोखिम हुने प्रष्ट छ ।

बजार पुँजिकरण जिडिपीभन्दा माथि भएको अवस्थामा शेयर मूल्यमा ठूलो उछाल आउने सम्भावना छैन । साथै बजार उच्च बिन्दुमा पुगेको अवस्थामा सुरक्षित हुन चाहनेले शेयर बिक्री गर्ने प्रवृत्ति देखिने र लगानी गर्नेले ठूलो मात्रामा शेयर खरिद गर्न डराउने अवस्था हुन सक्छ ।

कुनै समय शेयर बजार ३२ सय बिन्दुमा पुगेको थियो । सो बेला परिसूचक २८।२९ सयमा हुँदा शेयर खरिद गर्ने लगानीकर्ता कति बिदेशी हाकिए भने कतिले आत्माहत्या गरेको देखिन्छ । सो अवस्थालाई नर्बिसि आम लगानीकर्ताले सबल कम्पनीमा लगानी गर्नु पर्छ । अहिलेको अवस्थामा शेयर खरिद गर्नु निकै जोखिम रहेको छ ।

 

One thought on “शेयर बजारको कुल पुँजीकरण जीडिपि नजिकै, अब किनिने शेयर जोखिमपूर्ण छन्?

  1. basanta gautam says:

    राम्रो लाग्यो कुरो र सर्वसाधारण लाई सजग गराउनु भएको मा धन्यबाद तर 3200 माथी को लक्ष्य हामी सबैको
    हामी केहि पनि जान्दैनौ यति बेला कमाइन्छ रे भनेर लगानी गरी रहेका छौ । बिज्ञ र ज्ञाता हरुले हामिलाई प्रतिदिन को अवस्था र भोली परिस्थिति का बारेमा बुझाउनु अत्यावस्यक छ । खेलाडी भन्दा बढी सर्वसाधारण ले यो पाली को साडे कमाई जमाई गरेर आफ्नो लक्ष्य पच्छयाउन सकुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*