६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?
२९ श्रावण २०८१, मंगलवार १५:०७
काठमाडौँ । कारोबार साताको तेस्रा दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३ दशमलव ४६ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि अधिकांश कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । मंगलबार कारोबार भएका कम्पनीहरुमध्ये ८० वटाको शेयरमूल्यमा हरियाली छाएको छ ।
आज कारोबार भएका कम्पनीहरुमध्ये छ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आजदेखि कारोबारमा आएको मातृभुमि लघुवित्तको शेरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, पिपल्स पावर, दोल्ती पावर, गूडविल फाइनान्स, न्यादी हाइड्रोपावर, मिड सोलु हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।