वित्तीय विवरण सार्वजनिक भएका ३३ लघुवित्तमध्ये मुनाफामा कुनको अवस्था कस्तो ? (तथ्यांकसहित)
काठमाडौँ । हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका ३३ वटा लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीहरुको खुद नाफामा सुधार आएको छ ।
नेपाल राष्ट्र बैंकको सहजिकरण र कम्पनी सञ्चालक समिति तथा कर्मचारीको निरन्तर परिश्रमका कारण लघुवित्त संस्थाहरुको मुनाफा बृद्धि भएको छ । कम्पनीहरुले आफ्ना बचतकर्ता तथा कर्जा अशुललाई विशेष प्राथमिकता राख्नै व्यवसया सञ्चालन गरिरहेका छन् ।
समीक्षा अवधिमा वित्तीय विवरण सार्बजनिक गरेका ३३ कम्पनीहरुमध्ये साना किसान विकास लघुवित्तको खुद नाफा सर्बाधिक रहेको छ । कम्पनीेले यस अवधिमा ९४ करोड ९६ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २३ प्रतिशतले बढी हो ।
त्यस्तै, स्वावलम्बल लघुवित्तको खुद नाफा आर्जन एक सय प्रतिशतले बढेर ५३ करोड ८२ लाख रुपैयाँसहित दोस्रो स्थानमा रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २६ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको प्रकाशित विवरणमा उल्लेख गरिएको छ ।
समीक्षा अवधिमा स्वस्तिक लघुवित्तले ५१ करोड ४० लाख रुपैयाँ, नेरुडे मिर्मिरे लघुवित्तले ४४ करोड ७० लाख रुपैयाँ, नेशनल लघुवित्तले ३४ करोड नौ लाख रुपैयाँ र यी बाहेकका अन्य कम्पनीले ३२ करोड रुपैयाँभन्दा मुनी खुद नाफा कमाएका छन् ।
यस अवधिमा सात वटा लघुवित्त कम्पनीहरुको खुद नाफा आर्जन घटेको छ । साथै, अधिकांश कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको ऋणात्मक मुनाफालाई यस आवमा धनात्मकमा समेत रुपान्तरण गर्न सफल भएका छन् ।
कम्पनीहरुको मुनाफालाई वृद्धिदरको हिसावले तुलना गर्ने हो, भने आशा लघुवित्त अग्रस्थानमा रहेको छ । कम्पनी आफ्ना खुद नाफालाई चमत्कारिक रुपले ४० हजार ५०१ प्रतिशतले वृद्धि गराउन सफल भएको छ । साथै, गुराँस लघुवित्तले पनि एक हजार ४४९ प्रतिशतले मुनाफा बृद्धि गराएको छ ।
(तथ्यांकसहित)
अलि अध्यायन कम भए जस्तो छ ५ जिल्लामा कारोवार ५२ जना कर्मचारी ५६ करोड लगानी र ५६५२ जना ऋणी , १२ करोड चुक्ता पुजि रहेको संस्थाले ५१ करोड ४० लाख नाफा गर्छ । स्वस्तीक लघुबित्तको कुरा गरेको