तेह्रथुम पावरको ८ लाख कित्ता आइपीओ बुधबारदेखि बिक्री खुल्ला

८ भाद्र २०७८, मंगलवार १४:१३

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा तेह्रथुम पावर कम्पनी लिमिटेडले पनि भोली बुधबारदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँड गरिसकेको छ भने २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

उक्त आइपीओमा छिटोमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेको खण्डमा भदौ २३ गतेसम्म अवधि लम्बिनेछ ।

आवेदकले उक्त शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

आइपीओमा आवेदन दिन विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पन आवेदन दिन सकिने छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*