हाइड्रोपावर सेक्टरमा सबैभन्दा महँगो शेयर मूल्य रहेको कुथेली बुखरी स्मलको वित्तीय अवस्था कस्तो ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ९१ वटा हाइड्रोपावर मध्ये सबैभन्दा महँगो शेयर मूल्य रहेको कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको वित्तीय अवस्था समेत अब्बल देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
यसअवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३ करोड ३७ लाख रुपैयाँ, कुल नाफा ३ करोड ३ लाख रुपैयाँ र सञ्चालन मुनाफा २ करोड ३२ लाख रुपैयाँ रहेको छ। यता, कम्पनीको वित्तीय खर्च ५९ लाख ८ हजार र अन्य आम्दानी १५ लाख ३३ हजार छ । चुक्ता पुँजी १२ करोड १८ लाख रुपैयाँ र जगेडा कोषमा ७ करोड ५५ लाख रुपैयाँले रहेको छ । य
कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ९५ पैसा रहेको छ। त्यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात ११६.७० गुणा रहेको छ।