अपर तामाकोशी हाइड्रोपावरको नाफा साढे २ अर्ब ऋणात्मक, ईपीएस समेत नोक्सानमा
काठमार्डौँ । अपर तामाकोशी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी २ अर्ब ६८ करोड ६८ लाख १९ हजार रुपैयाँ नोक्सानमा हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष नोक्सानी घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनी ४ अर्ब ९ करोड ८२ लाख १४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ७.९३ प्रतिशतले बढेर ८ अर्ब ७५ करोड २० लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ८ अर्ब १० करोड ९२ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड, रिटर्न अर्निङको १० अर्ब ४ करोड ६७ लाख रुपैयाँ, संचालन नाफा २८ प्रतिशतले बढेर ३ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । प्रतिशत आम्दानी १२ रुपैयाँ ६९ पैसा ऋणात्मक छ । हालसम्म कम्पनीको लङ ट्रम लोन १ अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ भन्दा धेरै छ ।