अभियान लघुवित्तको वित्तीय अवस्था दयनीय, नाफा सहित ईपीएस ऋणात्मक
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणमा कम्पनीको वित्तीय अवस्था निराशाजनक रहेको देखिन्छ । गत वर्ष कम्पनीको खुद नाफा ३४ लाख ८५ हजार रुपैयाँले ऋणात्मक छ । जुन अघिल्लो वर्ष ९ लाख ७१ हजार रुपैयाँ धनात्मक थियो ।
कम्पनीको खुद ब्याज आम्दानी भने २२.०८ प्रतिशतले वृद्धि भएर ८ करोड ९७ लाख २३ हजार रुपैयाँ पुगेको छ । जबकी अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी ७ करोड ३४ लाख ९४ हजार रुपैयाँ मात्रै थियो । कम्पनीको कुल सञ्चालन आम्दानी पनि ११.७६ प्रतिशतले बढेर १२ करोड ३१ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ११ करोड १ लाख ५० हजार रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको इम्पेयरमेन्ट चार्ज १२ लाख ७६ हजार रुपैयाँ ऋणात्मकबाट बढेर एक करोड ६ लाख २० हजार रुपैयाँ पुगेको छ । यससँगै कम्पनीको सञ्चालन नाफा घटेर ४३ लाख १४ हजार रुपैयाँ ऋणात्मक भएको छ । अघिल्लो वर्ष पनि कम्पनीको यस्तो नाफा ४ लाख १३ हजार रुपैयाँ ऋणात्मक नै थियो ।
कम्पनीको खुद सञ्चालन आम्दानीमा ०.९४ प्रतिशतको सामान्य वृद्धि भएको छ । वितरणयोग्य नाफा भने ३ करोड ८८ लाख ऋणात्मक छ । कम्पनीको ईपीएस पनि ०.४० रुपैयाँ धनात्मकबाट घटेर १.७३ रुपैयाँ ऋणात्मक भएको छ । प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ३१ पैसा, मूल्य आम्दानी अनुपात ५६५.९० गुणा ऋणात्मक र तरलता अनुपात २९.६३ प्रतिशत छ । खराब कर्जा पनि ०.९ प्रतिशले बढेर ४.९८ प्रतिशत पुगेको छ ।
२५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ४ करोड ९३ लाख ७० हजार रुपैयाँ ऋणात्मक र रिजर्भमा ६ करोड ७६ लाख ६९ हजार रुपैयाँ छ । गत वर्ष कम्पनीको कर्जा प्रवाह २०.४१ प्रतिशतले बढेर २ अर्ब १५ करोड ५९ लाख १८ हजार रुपैयाँ र निक्षेप संकलन १४.१७ प्रतिशतले बढेर २३ करोड ७९ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।