बरुण हाइड्रोपावरको वित्तीय अवस्था दयनीय, अधिकांश सूचकमा गिरावट
कठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा, बिद्युत बिक्रीबाट हुने नाफा लगायतका प्रमुख वित्तीय सूचकहरुमा गिरावट आएको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा ९७ दशमलव ३१ प्रतिशतले घटेर तीन लाख एक हजार रुपैयाँमा सीमित बनेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा एक करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कम्पनीको बिद्युत बिक्रीबाट हुने आम्दानी घटेका कारण खुद नाफा प्रभावित भएको हो ।
यस अवधिमा कम्पनीको बिद्युत बिक्रीबाट हुने आम्दानी ९५।६२ प्रतिशतले घटेर ३४ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट ७ करोड ९७ लाख ८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ०६ पैसा र प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ४६ पैसा छ ।