मातृभुमि लघुवित्तको मुनाफा ८ करोड र ब्याज आम्दानी ३१ करोड हुँदा ईपीएस कति ?
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले ७ करोड ९४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
समीक्षा अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३० करोड ९९ लाख रुपैयाँ रहेको छ भने खुद फि तथा कमिशन आम्दानी ७० लाख १६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको कुल सञ्चालन आम्दानी ३६ करोड ८० लाख रुपैयाँ र सञ्चालन मुनाफा ११ करोड ४६ लाख रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड २० लाख रुपैयाँ रिभर्स भएको छ । यद्यपि, लघुवित्तको निष्क्रिय कर्जा भने ९.८५ प्रतिशत रहेको छ ।
असार मसान्तसम्ममा लघुवित्तले १० करोड ५८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८४ रुपैयाँ २० पैसा रहेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ २१७ रुपैयाँ ५० पैसा पुगेको छ।
मर्जरपश्चात ६२ करोड ८३ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस लघुवित्तको रिटेन्ड अर्निङ्ग १० करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ६३ करोड २४ लाख रुपैयाँ रहेको छ ।