बीमा समितिले २ सय जना सर्भेयरलाई तालिम दिँदै, भदौ १४ गतेसम्म आवेदन दिन पाईने

८ भाद्र २०७८, मंगलवार १३:३९

काठमाडौं । बीमा समितिको आयोजनामा बीमा सर्भेयरको आधारभूत तालिम आयोजना गर्ने भएको छ । समितिले कोभिड–१९ को परिस्थितीलाई मध्यनजर गर्दै एउटा समुहमा २५ जनालाई राखेर तालिम दिइन लागिएको सूचना मार्फत जानकारी गराएको छ । समितिले २ सय सर्भेयरहरुलाई उक्त तालिम प्रदान गर्ने लागेको हो ।

उक्त तालिममा सहभागी हुनको लागि बीमा समितिको वेवसाईटमा राखिएको वेसाइटमा राखिएको राखिएको एप्लिकेसन लिंकमा गई तालिममका लागि योग्य भएका इच्छुक व्यक्तिले आवेदन दिन सक्ने जानकारी दिएको छ। बीमा समितिले अनलाईन मार्फत पहिलेपटक आवेदन लिन लागेको हो ।

समितिले इच्छुक आवेदकले भदौ ८ गतेदेखि १४ गतेसम्ममा कार्यालयसमय सम्म आवेदन दिन पाउने जानकारी दिएको छ । साथै सर्भेयरको आधारभूलत तालिक कार्यक्रममा छनोट भएको मिति, स्थान र, समयको जानकारी आवेदकको मेल मार्फत जानकारी गराईने भएको छ। योग्यता नपुगेका निवेदकहरु स्वत :रद्ध गरिने समितिले सूचना मार्फत जानकारी गराएको छ।

तालिमको लागि आवेदन दिन आवश्यक योग्यता तथा अनुभव :

सर्भेयरको लागि योग्यताः (१) नियम २६ बमोजिम सर्भेयरको इजाजतपत्रको लागि निवेदन दिन चाहने निवेदनको देहायका मध्ये कुनै एक योग्यता पुगेको हुनु पर्नेछ ।

(क) कुनै बीमकको कार्यालयमा अधिकृतस्तरको पदमा कम्तीमा दश बर्षसम्म बीमा ब्यवसायसग सम्बन्धित कार्र्यको अनुभव हासिल गरेको

(ख) इन्जीनियरिङ बिषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको

(ग) अन्तर्राष्ट्रियस्तरका चार्टर्ड इन्स्योरेन्स इन्ष्टिच्युट वा त्यस्ता संस्थाको मान्यता प्राप्त संस्थाबाट बीमा सम्बन्धी बिषयमा कम्तीमा स्नातक उपाधी हासिल गरेको

(घ) चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तिर्ण गरेको

(२) उपनियम (१) को खण्ड (क), (ख), (ग) वा (घ) बमोजिम योग्यता पुगेको निवेदकले सर्भेयरको इजाजतपत्र प्राप्त गर्नु अघि समितिले संचालन गरेको सर्भेयर सम्बन्धी तालीममा सहभागी भई तालीम पूरा गरेको प्रमाणपत्र प्राप्त गरेको हुनु पर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*